काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गर्नुभएको छ । एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रममा ओलीले अरुमाथि आघात नपुराई सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गर्नुभएको हो ।
उहाले पछिल्लो समय होली पर्वका नाममा बिकृति देखिएकाले सभ्य र मर्यादित भएर होली पर्व मनाउनुपर्ने धारणा राख्नुभयो । अरुको स्वतन्त्रतामाथि खलल नपर्ने गरी आफ्नो स्वतन्त्रता प्रयोग गर्नुपर्ने उहाले बताउनुभयो । उहाले नेपालका चाडपर्वहरु समाजको बिकाससंग जोडिएकाले यसमा देखिएको बिकृतीलाई हटाउनुपर्ने जिकिर गर्नुभयो ।
