वीरगञ्ज । नेपाल सरकारले चोरी तस्करी चुहावट कम गर्ने उदेश्यले शसस्त्र प्रहरी बल लाई नाकाहरु जिम्मा लगायो तर शसस्त्र प्रहरी बल कै संरक्षणमा पर्सा जिल्लामा अहिले ऐतिहासिक संस्थागत तस्करी सुरु भएको छ । विगतमा बन्द रहेको संस्थागत तस्करी नुन देखि सुन सम्म सूरु भएको छ । पर्सा जिल्लाको मुख्य नाकाहरुबाट खुल्लम खुल्ला रुपमा तस्करी भईरहेको छ । पर्सा जिल्लाको गा्रमीण भेग ठोरी देखि भिस्वा, जानकी टोला , प्रसौनी भाठा, अमरपटी, अलौं ,छपकैया र इनर्वा लगायतका ठाँउहरुबाट निर्धात रुपमा दिनह लाखौको समानहरु भारत बाट अबैध रुपमा पर्सा जिल्लामा तस्करीको माध्यमबाट भित्रिरहेका छन् । तस्करहरु पर्साका विभिन्न ठाँउहरुमा भंडारण गरी राख्ने र ट्र«क तथा पिकपमा लोड गरी माग अनुसार नेपालको विभिन्न ठाँउहरु मा पठाउने गदर्छन । पर्सा जिल्लाको भिस्वा नाका बाट दिनहु लाखौको कस्मेटीक्सका समानहरु भारतबाट मुन्ना र राजु ल्याई वीरगञ्जको आर्दशनगरमा भंडारण गर्ने र नेपालको विभिन्न ठाँउहरुमा पठाउने गदर्छन त्यस्तै सोही नाका बाट दिनहु लाखौको कवाड शसीकान्त कुशवाहा ले अवैध रुपमा भारत पठाउने गदर्छन ।
पर्साको जानकी टोलाबाट जालीम नाम गरेका व्यतिmले राङ्ग र भैसी भारतबाट अवैध तरिकाबाट ल्याउने गदर्छन तर झुक्याउनलाई वोर्डर संगै टासीएको गाँउमा बजार लगाएका छन भन्ने वाहिर पठाउनलाई वडा बाट सहजै सिफारीस गराई सरकारको आखामा छारो हाली लाखैंको राजस्क चुहावट गर्ने गदर्छन ।
त्यसतै पर्सा प्रसौनी भाठाबाट व्यापक रुपमा दिनहु लाखौंको कपडा अवैध रुपमा तस्करी हुने गरेको छ, मकै र चाईनिज समान हरु पनि भारतमा सस्तो भएको कारण निर्धात रुपमा तस्करीको माध्यमबाट नेपाल भित्रिरहेको छ । सोही नाकाबाट अलि नाम गरेका राङ्गा व्यापारी ले त आफनौ पिकप गााडी मै राङ्गा भारत बाट खुलेयाम अवैध रुपमा नेपाल भित्रयाई नजिक को वडा कार्यालयबाट सिफारीस गराई काठमाडौं पोखरा लगायतका ठाँउहरु मा अवैध तरीकाले पठाउने गदर्छन । पर्सा जिल्लाको अलौं नाकाबाट बटर, डाल्डा, काजु लगायतका घरायसी समानहरु तस्करी भईरहेको छ भन्ने वीरगञ्जको छपकैया बाट कपडा, काजु र किसमिस लगायतका समानहरुको तस्करी भईरहेको छ । नेपाल सरकार ले तस्करी रोक्ने मुख्य जिम्मा शसस्त्र प्रहरी बल लाई दिएको छ । पर्सा जिल्लामा शसस्त्र प्रहरी बल नेपाल शिमा सुरक्षा गुल्म ५ वटा र २६ वटा वीओपि रहेका छन् । त्यस्तै नेपाल प्रहरीको हरेक नाकामा प्रहरी चौकी इलाका प्रहरी कार्यालयहरु छन तर पनि कसरी दिनहु इ सब नाका बाट लाखौ को अबैध तस्करीका समानहरु नेपाल भित्रिने गर्छन जो कोही ले पनि सहजै अनुमान लगाउन सक्छ । देशको अर्थ तन्त्र खराब हुनु र लक्ष्य अनुसार को राजस्व न उठेनुमा प्रमुख जिम्मेवारलाई कार्यवाही कस्ले गर्ने रु केही दिन अगाडी मात्र शसस्त्र प्रहरी महानरिीक्ष राजु अर्यालले कुल देवताको कसम खुवाएर पठाएको आदेश लाई पनि धोती लगाउने लाई कार्यावाही हुन्छ किरु यस सम्बन्धमा शसस्त्र प्रहरी बल नेपाल १३ न। गण हेक्वाटर का प्रवक्ता शासस्त्र प्रहरी नायव उपनिरिक्षक देवेन्द्र सिंहले आफु बोल्न न मिल्ने बताएृ । त्यस पश्चात शसस्त्र प्रहरी बल का केन्द्रिया प्रवक्त कालीदास धौवजी लाई सम्र्पक गर्दा आफु गाडी मा रहेको र एक छिन पछि बताउछु भन्नु भयो तर उनि समाचार लेख्दा सम्म सम्पर्कमा आएन्न ।
