काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस अघि मंगलबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुनको मूल्यमा ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।



