काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति निधन भएको उनका छोरा दीप शम्शेर राणाले जानकारी दिए ।
राणाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।
