काठमाडौं । नेपाली सुन बजारमा बुधबार पुनः मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
मूल्यवृद्धिपछि आज छापावाल सुन तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलबार यो दर १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
