वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका १६ बाट एक ग्राम लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ ।खैरो हिरोईनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता वि।कलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ आवत जावत गर्ने सवारी साधन तथा यात्रीहरूलाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई पक्राउ गरि उनीहरु बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।



