काठमाडौं । बलिउड अभिनेता मनोज कुमारको अन्त्येष्टि आज गरिँदै छ । त्यसअघि मुम्बईस्थित घरबाट उनको शव यात्रा निकालिने छ । उनको अन्तिम संस्कार जुहू शवदाह गृहमा गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म निर्माता अशोक पण्डितले मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालबाट उनको शव घर ल्याएको एक घण्टापछि अन्तिम यात्रा हुने बताएका छन् ।
बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन ८७ वर्षको उमेरमा शुक्रबार मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालमा भएको हो । मनोज कुमार हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन् । उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान हुन् ।
