वीरगञ्ज । बारा प्रहरीले ५६ किलो ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलीले कोलहबी नगरपालिका वडा नं.५ बाट उक्त परिमाणको प्रतिबन्धित गाँजा बरामद गरेको हो ।
कुमरगढीबाट सोनाभारटोल तर्फजाँदै गरेको नम्बरको नखुलेको मोटरसाईकलमा सवार दुईजनाले प्रहरीलाई देखेपछि लागू औषध गाँजा फालेर मोटरसाईकल सहित फरार रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ । फरार व्यक्तिहरु को पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।
