काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौंमा प्रदर्शन हुँदैछ । राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले आज काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
पोखरामा रहेका पूर्वराजा शाह आज काठमाडौं फर्किँदै छन् । उनको स्वागतका साथै राजतन्त्रका पक्षधरहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्दैछन् । दिउँसो करिब तीनबजे शाह काठमाडौं फर्किने तयारी छ ।
सोही अनुसार प्रहरीले काठमाडौंको सुरक्षा व्यस्था कडा पारेको छ । ‘साविकको भन्दा धेरैं १२(१३ सयको संख्यामै आज प्रहरी खटाइएको छ,’ प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले भने, ‘सोही अनुपातमा अन्य सुरक्षा फोर्स पनि खटाइने तयारी छ ।’
राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन् । उनीहरूले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन् ।
