जनकपुर । मधेश शहिद प्रतिष्ठानका एकजना सदस्य मृत फेला परेका छन् । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
जनकपुर प्रहरीका अनुसार सदस्य रामनरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहका अनुसार बिहान ७ बजे उनी आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।
प्रेसरको समस्या रहेतापनि अहिलेुम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । मृतक यादवको शव बिहानै पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमाा लगिएको प्रहरीले जनाएको छ ।
मृतक यादवको घटना के कारणले भएको हो रु त्यसबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता सिंह बताउँछन् । तर पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारण बारे यथेष्ठ जानकारी आउने प्रहरी भनाइ छ ।



