बारा । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ ।
आईतवार साँझ ५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट असई अमृत मैनालीको कमाण्डमा गएको टोलीले पथलैया चोकमा वीरगञ्जतर्फ गईगरेको प्र ०३-०३-००१ प ५२७३ नम्बरको एफजेड मोटरसाईकल चेकजाँच गर्दा चालकले बोकेको झोलामा लुकाई झिपाई राखेको अढाई किलो लागुऔषध अफिम बरामद गरेको हो ।
लागुऔषध अफिम सहित मोटरसाईकल र चालक धादिङ जिल्ला गजुरी नगरपालिका ४ बस्ने बर्ष २६ को राजन चेपाङ लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन् ।



