काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



