काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
