काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।
