काठमाडौं । सुनको भाउ सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि भने १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको भाउसमेत बढेको छ । यसअघि प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ ।
