काठमाडौं । सुनको मुल्य आज तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ ।
