काठमाडौं । सामाजिक सञ्जाल विधेयक फिर्ता गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । अनलाइन टीभी पत्रकार संघले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गरेको हो ।
सामाजिक सञ्जाल विधेयकले सञ्चारमाध्यममात्रै नभइ आम नागरिकको बोल्न पाउने अधिकारको समेत हनन हुने संघले जनाए को छ । प्रदर्शनका सहभागीहरुले अभिव्यक्ति माथिको अंकुश, बन्दैछ सरकार निरंकुश, सरकारले मुख थुन्दैछ, अधिकार ह्याक हुँदैछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अनलाइन टीभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले अनलाइन पत्रकारीतालाई अंकुश लगाउने काममात्रै नभइ जनताको बोल्ने अधिकार खोस्न नहुने बताउनुभयो । कसैले आलोचना गर्दा जेल जानुपर्ने र जरिवाना तिर्नुपर्ने प्रावधान स्वीकार्य नहुने उहाले बताउनुभयो । सरकारले सामाजिक सञ्जाल विधेयक अघि बढाएपछि विरोध भइरहेको छ ।
