वीरगञ्ज । स्रोत नखुलेको सात लाख रुपैयाँसहित पर्सा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४३ वर्षीय अयज कुमार साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर सडकखण्डबाट उनलाई बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किसोर लम्सालका अनुसार साहको शरीर खानतलासी गर्दा ट्याक्सुटको दुवै साइडका खल्तीमा लुकाएर राखिएका नेपाली हजार दरका सात सय थान नोट गरी जम्मा रु सात लाख बरामद गरिएको हो । प्रहरीले साहमाथि हुण्डी कारोबारको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
