काठमाडौं । स्थानीय बजारमा (मंगलबार) अर्थात आज सुनको मूल्यमा उच्च अंकले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य बढेसँगै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । लगातार गिरावटमा देखिएको चाँदीको मूल्य मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै मंगलबार प्रतितोला १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।
