काठमाडौं । ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजना विराटनगरको रानीबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भरत बाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ । पक्राउ परेका व्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
