काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउसमेत तोलामा ५० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको हो ।
