वीरगञ्ज । आगामी शनिबार वीरगञ्जको गहवामाई मन्दिर प्रांगणमा २,१०० वटा दीप प्रज्वलन गरिने भएको छ । यो विशेष कार्यक्रम रामजन्मभूमी भारतको अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठा र राम मन्दिर उद्घाटनको वार्षिक उत्सवको अवसरमा आयोजना गरिने हो ।
गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार, दीप प्रज्वलन कार्यक्रम पुस २७ गते शनिबार साँझ ५:३० बजे मन्दिर प्रांगणमा हुनेछ । समितिले यस कार्यक्रमलाई अझ भव्य र धार्मिक बनाउने उद्देश्यले सबै भक्तजनलाई सहभागी हुनका लागि सार्वजनिक अपिल गरेको छ ।
