वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यालयहरुलाई जाडो विदा दिन निर्देशन दिएको छ । मंगलबार सूचना जारी गर्दै महा नगरपालिकाले बढ्दो जाडोको कारणवाट विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने सक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै भोलीदेखि २६ गतेसम्म वर्षे विदावाट कट्टा हुने गरी (तीन) दिनका लागि विदा दिन निर्देशन दिएको हो ।
वीरगञ्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतले सूचना जारी गर्दै विद्यालयको प्रशासनिक कार्य सुचारु गर्ने गरी विद्यार्थीहरुलाई गृहकार्य दिएर घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठन सम्बन्धी कार्य स्थगित निर्देशन दिएको हो ।

