काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक सयले घटेको छ र आज तोलामा एक लाख ४९ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार चाँदी तोलाको १८०५ मा कारोबार भएको थियो ।
