काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको हो । मङ्गलबार तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
