काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । यसअघि बुधबारसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि वृद्धि भएको थियो । तर आज भने मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज एक लाख ५४ हजार २०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।



