काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिनुभयो । चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो ।
आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उहाले बताउनुभयो । उहाले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राख्नुभयो । त्यस्तै चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गर्नुभयो । टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उहाको भनाइ छ ।
