काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा चितवन राइनोजमाथि रोमाञ्चक जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो ।
लगातार दुई खेलमा पराजित कर्णालीको यो पहिलो जित हो । पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौंसँग कर्णाली पराजित भएको थियो । यता सुरुवाती २ खेलमा जित निकालेको चितवनको भने यो पहिलो हार हो । चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । अब चितवनको जितको श्रृंखलामा ब्रेक लागेको छ ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रनको योगदान गरे ।



