काठमाडौं । सुनको भाउ आज ३ हजार रुपैयाँले घटेको छ । आज तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउँ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १२० रुपैयाँले घटेर तोलाको ५ हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार २५० रुपैयाँ थियो ।



