काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । अहिले बिहान साढे ९ बजे जनकपुरमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल शुरु हुँदैछ । त्यसैगरी गण्डकी र कर्णाली प्रदेशले बिहान साढे ९ बजे नै वीरगञ्जमा खेल्दैछन् ।
प्रतियोगितामा ८ खेल खेलेको बागमती ४ मा जित र ४ खेलमा हारसहित ८ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । ७ खेल खेलेको लुम्बिनी ३ खेलमा जित, ३ खेलमा हार र एक खेलमा अंक बराबरी गर्दै ७ अंकसहित सातौँ स्थानमा छ ।
गण्डकी प्रदेश ८ खेल खेल्दा ३ खेलमा जित, ४ खेलमा हार र एक खेलमा अंक बराबरी गर्दै ७ अंकसहित तालिकाको आठौँ स्थानमा रहँदा ८ खेल खेलेको कर्णाली १ खेल जित र ६ खेलमा हार तथा १ खेलमा अंक बढ्दै ३ अंकसहित नवौँ स्थानमा छ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् । सुदूरपश्चिम र त्रिभुवन आर्मी क्लब फाइनल पुगिसकेका छन् । फाइनल खेल आउँदो शुक्रबार हुँदैछ ।
पीएम कपमा यस अघिका उपाधि विभागीय टोलीले मात्रै जितेका छन् । नेपाल पुलिस क्लबले सबैभन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २र२ पटक जितेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।
