काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । बुधबार कांग्रेसका सभापति देउवा पत्नी आरजु राणासहित नेपालको निवास कोटेश्वर पुग्नुभएको हो । देउवा र नेपालबीच अहिलेको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
छलफल सकारात्मक भएकाले छलफल तथा भेटघाटलाई निरन्तरता दिने उहाँले बताउनुभयो । प्रमुख सचेतक लेखकले विकसित राजनीतिक घटनाक्रमका विषयमा अहिले सबै राजनीतिक दलहरुसँग छलफल भइरहेको पनि उल्लेख गर्नुभयो । मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।



