काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताउनुभएको छ । विहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संसोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताउनुभयो ।
उहाले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गर्नुभयो । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उहाले बताउनुभयो ।
कोइरालाले न्यायापालिकाले गरेको निर्णयलाई स्वीकार्नुको विकल्प नभएको भन्दै न्यायालयलाई दबाब दिने गरी गरिने भिडतन्त्र को लोकतन्त्रमा कुनै औचित्य नभएको धारणा राख्नुभयो ।
उहाले सहकारी प्रकरणमा फौजदारी अभियोगमा दोषी देखिएका सबै लाई कारवाहीको दायरामा ल्याउन सरकार क्रियाशिल रहेको जिकिर गर्नुभयो । उहाले आफुलाई पाटीभित्र विभेद गर्ने कार्य बारे संवेदनशिल रहेको र यसबारे पार्र्टीसर्भापति शेर बहादुर देउबा संग छलफल गर्ने बताउनुभयो । प्रदेश सरकार विस्तार बारे आफु संग छलफल नगरिएको उहाको गुनासो थियो ।
