काठमाडौं । सोमबार बिहान भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर स्तर ‘खतरानाक’ को श्रेणीमा रेकर्ड गरिएको छ । दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । यस वर्ष पनि जाडो शुरू भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ ।
सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २५० भन्दा माथि थियो । जुन ‘खराब’को श्रेणीमा पर्छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहार सहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३०० माथि थियो, जुन ‘खतरनाक’ श्रेणीमा पर्छ ।
आनन्द विहारमा वायु गुणस्तर सूचकांक ३५० भन्दा माथि रेकर्ड गरिएको थियो । योसँगै दिल्ली अहिले विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । आईक्यूएयर डटकमका अनुसार दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा युएईको दुबई शहर छ । यो सूचीमा १४२ सूचकांकसहित नवौं स्थानमा छ । यो सूचकांक संवेदनशील समूहका लागि अस्वस्थकर श्रेणी हो ।
