काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन भएको छ । राजनीतिक प्रतिशोध साध्न पाइदैन भन्दै रास्वपाका नेता तथा कार्यकर्ताहरुले पोखराका बिभिन्न स्थानमा विरोध प्रदर्शन गरेका हुन् । निरन्तरको प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालयले कास्कीका शहिद चोक र गैह्रापाटक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
तर रास्वपा नेता तथा कार्यकर्ताले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्र तोडेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रूग्यास प्रहार गरेको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफूलाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै अदालतले न्याय दिने बताउनुभएको छ । म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत कास्की लग्ने क्रममा लामिछानेले यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहने समेत बताउनुभयो ।
((



