काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंका सम्पादकहरुसंगको छलफलका क्रममा प्रचण्डले केहिलाई संविधान को उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताउनुभएको हो ।
आफु नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उदेश्य संविधान संशोधन नै हो भन्ने आफुलाई नलागेको उहाले बताउनुभयो । आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै प्रचण्डले परिवर्तनबिरुद्ध हुने संशोधन भने स्वी- कार्य नभएको स्पष्ट पार्नुभयो ।
उहाले अहिले देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो । त्यस्तै प्रचण्डले बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोश्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गर्नुभयो । सहकारी छानविन समितिको प्रतिवेदन आइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उहाले सरकारले कार्यान्वयन गर्न नचाहेको जिकिर गर्नुभयो ।
अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चूनाव लड्दा माओवादीको अस्तीत्व नै हराउने देखिएकाले अव एक्लै चूनाव लड्ने गरि तयारी गरिरहेको धारणा राख्नुभयो । उहाले हालैको प्राकृतिक विपद्मा सरकार तयारी कमजोर भएकाले धेरै धनजनको क्षति भएको बताउनुभयो । अहिले सरकारलाई गाली गर्ने भन्दा पनि सवै मिलेर संकटको सामना गर्नुपर्ने उहाको भनाइ छ ।
