काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य हल्का बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ६० हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन एक लाख ६० हजार आठ सय रुपैयाँ थियो । यस्तै बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ५० रुपैयाँ कायम भएको छ ।



