काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सवै मिलेर डिजिटल नेपालको सपना साकार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सवमा अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सवै मिलेर डिजिटल नेपालको उद्घोष र संकल्पलाई सफल बनाउनुपर्ने बताउनुभएको हो । उहाले दूरसञ्चार सेवालाई भरपर्दो र विश्वश्नीय तथा गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले मुलुकमा सामू देखिएको चूनौतिहरुलाई अवसरको रुपमा लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सूचना मार्गको विस्तारलाई तीव्रता दिनुपर्ने भन्दै उहाले यसमा देखिएको समस्या छिटै हल गर्नुपर्ने उहाले बताउनुभयो । उहाले दूरसञ्चार क्षेत्रले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएकाले व्यवस्थीत बनाउनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले दूरसञ्चार क्षेत्रलाई नियमन गर्न प्राधिकरणलाई देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहको बताउनुभयो ।



