काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ । वर्षा नरोकिए को र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले रातोपाटीलाई बताए ।
उनले भने, ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन ।’ काठमाडौं बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् । यस अघि भारी बर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।
