काठमाडौं । सुनको भाउ तोलामा आज ३ सय रुपैयाँ बढेको छ । केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो । चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ ।
