काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताउनुभएको छ ।
४५औँ सामाजिक सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सुडीले समाजकल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताउनुभएको हो ।
उहाले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्ने बताउनुभयो । समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान दिने समेत उहाले निर्देशन दिनुभयो ।
समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइने उहाले बताउनुभयो । ‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्दले सामा जिक सेवा दिवस मनाएको हो ।
