वीरगञ्ज । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साउन १८ गते राति करिब ८ः४५ बजे प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा साइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलको पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राति १०ः५४ बजे कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका राजेश महतोको अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
