काठमाडौं । सुनसरी घटनामा गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेका अनुसार मंगलबार उपचारकै क्रममा मेहेताको मृत्यु भएको हो । सुनसरी र सिरहा क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको भने वीर अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
यसअघि सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेता तथा सिरहामा गणेश यादवको मृत्यु भइसकेको छ । रवीन्द्रको निधनसँगै उक्त घटना एवं आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
