काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



