काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गर्नुभएको हो ।
कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको हत्यालाई नविर्सन उहाले सुझाव दिनुभयो । शान्तिका लागि अथक प्रयास गर्नुभएको कारणले प्रचण्डलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्ने उहाले बताउनुभयो । समावेशी समानुपातिकको पक्षमा लडेका कारण प्रचण्डलाई जनक भनिनुपर्ने समेत उहाले उल्लेख गर्नुभयो ।



