काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार पनि सुनको मुल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



