वीरगञ्ज । बिल भरपाइ नभएको विभिन्न खुद्रा सामान बारा प्रहरीले बरामद गरेको छ । बिल भरपाइ नभएका ३८ लाख ७३ हजार भन्दा बढीको खुद्रा समानहरु इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले बरामद गरेको हो ।
वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना ३ ख ८१०३ नम्बरको ट्रकलाई जाँच गर्दा प्रहरीले ३८ लाख १५ हजार ४५७ रुपैयाँ बराबरको स्रोत खुलाउन नसकेको सामान बरामद गरेको हो । प्रहरीले उक्त ट्रकबाट किराना समान, पेन्टस, स्पेर्यस पार्टस र मोटर पार्टस बरामद गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।



