मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध चरेस र गाँजासहित तीनजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका–८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङ्तान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्रबहादुर घलान र भीमफेदी–१ बस्ने ३२ वर्षीय नवराज तामाङ रहेका छन् ।
प्रहरीले भीमफेदी गाउँपालिका २ भैँसेबाट लागुऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, पालुङबाट हेटौंडातर्फ आउँदै गरेको ना।४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि पक्राउ गरिएको हो ।



