काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ । अघिल्लो दिनको रेकर्ड बिहीबार नै तोडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य हालसम्मकै उच्च हो । चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा झरेको छ ।



