काठमाडौं । जसपा नेपालका सांसद राज किशोर यादवले सरकारले गरेको राजदूत सिफारिसप्रति आपत्ति जनाउनुभएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै यादवले समानुपातीक समावेशीतालाई ख्याल नगरि सरकारले राजदूत सिफारिस गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाले संविधानमा रहेको व्यवस्थालाई सरकारले मान्नुपर्छ की पर्दैन भन्दै प्रश्न समेत गर्नुभयो । पहिलो र दोश्रो दल मिलेर बनेको सरकार अन्तिम बिकल्प भएपनि सरकार ट्रंकलाईनमा अल्झिएको उहाले बताउनुभयो ।
यादवले ठूला कुरा गरेर कुनै काम नगर्न नसक्ने अवस्थामा वर्तमान सरकार देखिएको धारणा राख्नुभयो । अहिलेको सरकारले भ्रष्टाचारको कुनै फाइल खोल्न नसक्दा जनतामा कुनै आशा नदेखिएको उहाको भनाइ छ ।
उहाले भ्रष्टाचार कसुरमा पाँच बर्ष हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै कुनै हदम्याद राख्न नहुने स्पष्ट पार्नुभयो । टुँडीखेलमा जनताले नेताहरुप्रति गरेको विरोध प्रारम्भीक संकेत भएकाले दलहरु सुध्रनुको बिकल्प नरहेको उहाले बताउनुभयो ।
