काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वका अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रममा विरोध गरेका युवाहरुलाई पक्राउ गर्न थालिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै ढकालले विरोधको भिडियो हेरेर युवाहरुलाई पक्राउ गर्न थालिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाले युवाहरुको विरोधहरुलाई राज्यले सुन्ने धैर्यता राख्न सक्नुपर्ने धारणा राख्नुभयो । युवाहरुको विरोधलाई अराजकता भन्न नमिल्ने उहाको भनाइ छ । ढकालले बिभिन्न माध्यमबाट युवाहरुले राख्ने अभिव्यक्तिलाई रोक्न खोजिएको र सरकारको रवैया कमिलाको प्वाख पलाएजस्तो देखिएको उल्लेख गर्नुभयो ।
उहाले टुँडीखेलमा आयोजित कार्यक्रममा विरोध गर्ने सवैलाई पक्राउ गर्न चूनौति दिनुभयो । बैठकमा सभामुख देवराज घिमिरेले आकस्मीक समयमा नियमावलीले प्रतिवन्धात्मक रुपमा राखिएको बाक्यमा ध्यान राख्न निर्देशन दिनुभयो ।
